टोरोन्टोमा “क्यानेडियन नेवा: गुठी” एक इतिहास – महेशप्रसाद प्रधान

 

हामी २ तारिख अगष्ट २००५ मा सपरिबार टोरोण्टो पुग्यौं। प्रकाशलाल प्रधान र डा. रिद्दी प्रधानको आतित्थ्य लगायत अन्य साथीहरुको सहयोगले गर्दा नयाँ ठाँउमा भएपनि हामीलाई कुनै दु:ख भएन। अरु साथीहरुबाट क्यानाडामा नयाँ आउँदा पायको दु:खहरु सुनेको थिएँ। वहाँहरुले पाउनु भएको दु:खका घटनाहरुको आधारमा हामीले कुनै दु:ख पाएनौं जस्तो लाग्छ। साचैनै हामी भाग्यमानी थियौं।  बुढापाकाले भनेजस्तै असल ईस्टमित्र, असल छिमेकी र असल साथी-भाई पाउनु भनेको साचैनै भाग्यमानी पो हुँदोरहेछ। हुनत ब्रामटनमा बस्ने धेरै साथीहरुले प्रकाशजी र रिद्दीबाट पाएको भौतिक र मनोभाबनात्मक प्रोत्साहन तथा सहयोगको बारेमा बिर्सिन नसक्ने आफना अनुभबहरु सुनाउँदा मलाई आनन्द लाग्नुका साथै वहाँहरु संग संबन्धित हुनपाउँदा गर्भ लाग्नु स्वाभाबिक नै थियो। यस्तै सहयोगीपन र सकारात्मक ब्यबहारले गर्दानै वहाँहरु सबैका प्रीय पनि छन, सबैका ईष्ट छन।

थाकेको धट्यो र “जेट-ल्याक” पनि हराउदैगयो बिस्तारै टोरोण्टोमा बस्ने नेपालीहरु संग चिनाजान बढदै गयो। कति रमाइला मानिसहरु आफ्नो आफ्नो काममा ब्यस्त। नेपालमा जस्तो कामलाईठुलो, सानो तथा राम्रो, नराम्रो भनेर हेप्ने चलन नभएकोले कुनै पनि पेशा गर्ने मानिस लाई ऊस्को पेशा र कामको आधारमा भेदभाब नगर्ने थिति भएको देश, क्यानाडा क्या मज्जा, क्या रमाइलो।

हाम्रो परिबार (म, कस्तुरी, नम्रता, निशान अनि सुशान) क्यानाडामा नयाँ भएकोले हामीलाई केहि स्थानिय नेपाली साथीहरुले कहिले काहिँ नयाँ नयाँ ठाँउमा घुमाउन लिएरजाने गर्नुहुन्थ्यो। नयाँ नयाँ ठाँउहरु साथीहरुले गर्दा घुम्न हेर्न पाइरहेका थियौं। सोहि दौरानमा एकदिन मेरो पुरानो मित्र  डा. दिकपाल बैद्य, रबिना भाउजू, प्रकाश लाल प्रधान, डा. रिद्दी प्रधान, साबित्री बज्राचार्य, कस्तुरी प्रधान र म (महेश) सेन्टिनल पार्क, टोरोन्टो घुम्न गएका थियौं।  पार्क अतिनै रमाईलो थियो। खुल्ला चौर, फैलियको ठुलो बगैचा, मिलाएर रोपियका रुख बिरुवाहरु तथा हरिया घाँसहरु, बनभोजका लागि छाप्राहरु र छाप्राभित्र ब्यबस्थित कुर्सि टेबलहरु। पार्कको पुर्ब-दक्षिण तिर एउटा ठुलो ढिस्को थियो। दिकपाल र भाउजू रबिना पहिला यस पार्कमा आइसकेकोले वहाँहरुलाई यस पार्क बारे थाहा भएको हुनाले सबैलाई यस पार्क को रमाइला कुराहरु भनिराख्दा त्यस ढिस्को बाट देखिने वरिपरिको रमाइलो दृष्यको पनि बर्णन गर्नुभयो। रबिना भाउजूले त्यस ढिस्को बाट देखिने प्राकृतिक दृष्यबारे बर्णन गर्नु त्यसमा पनि रबिना भाउजू को सदा हँसिलो मुहार बाट हाँस्दै मनमोहक बर्णन सुनेपछि मलाई जस्तै अरुलाई पनि त्यस डिस्कोमा चढन हतार लाग्नु स्वाभाबिक नै थियो। हतार हतार सबै जना ढिस्को चडन थाल्यौं।

साँच्चै नै दृष्य मनोरम रहेछ।  हिउँमा चिप्लेटि खेल्न (Skating) बनायको ओह्रालो, चिप्लेटि खेल्दै तलपुगेपछि माथि आउनलाई बनाएको रोपवे (Rope way)। वरिपरि का गगनचुम्बि भबनहरु, बिभिन्न खेल खेल्न बनाइयका ठुला ठुला खेल मैदान र ढिस्कोको पक्ष्क्षिम तिर, तल पार्कको हरियो रमाइलो दृष्य हेर्दै गफ गर्दै रमायौं। गफै गफमा भोक लाग्न थाल्यो, भोकलाग्दा खानेकुरा संझने त स्वाभाबिक नै भयो। त्यसमा पनिबिदेसमा रहँदा, नेवारी खाना संझदा त झनै सहिनसक्नु भयो। खानाको बारेमा गफ हुदै जाँदा टोरोन्टो संगै जोडियको ब्रामटन सहरमा एकदिन नेवारी खानाखाने एउटा बाताबरण बनाउने कुरा निस्कियो। लौन, केहि गरौंन, नेवारी भोज खाउँन, कति भैसक्यो “सम:बजी” खान नपायको भन्ने कुराहरु हुन थाल्यो। एक आपसमा यस बिषयमा कुरा गर्न थालियो, एक आपसमा उस्काउन थालियो।

गफ, भोक र नेवारी परिकार खाने तिब्र इछ्या कै दौरानमा नेवारी “समे:बजी” खाने निधो भयो। त्यहि डाँडामा बसेर दिन गन्न थालियो, चाड पर्ब संझन थालियो। नेवा: समुदायले समे:बजी खाने चाड ईद्रजात्रा सबै भन्दा उपयुक्त दिन तथा आइरहेको चाड पर्ब मध्य सबै भन्दा नजिक को पर्ब जस्तो लागेर त्यहि दिन एउटा संयुक्त “समे:बजी” कार्यक्रम को तर्जुमा त्यस सेन्टिनल पार्कको त्यस रमणिय डाँडामा रमाइला साथीहरु संग बसेर गरियो।

सोहि हप्ता प्रदिप लाल श्रेष्ठज्युले आफ्नो घरमा केहि साथीहरु लाई रातीको खानको लागि कार्यक्रम बनाउनुभएको रहेछ। सो रमाइलो खानाको कार्यक्रममा चल्ने गफमा नेपालको खानाहरु मध्य स्वादिष्ट नेवारी खाना र परिकारले पनि प्रवेश पाउनु आबस्यक थियो र प्रबेश पायो। नेवारी खाना संगै “समे:बजि” कार्यक्रमको बारे मा छलफल हुँदा सबैले एउटा “समे:-बजि” कार्यक्रम आउँदो ईद्रजात्राको दिन गर्ने भन्नेमा सहमति भयो। त्यस भोजमा सरिक हुनुभएकाहरु सबित्री, प्रकाश, डा. रिद्दी, बिमल, प्रदिप, मेरु भाउजू, सुजन, शरण, सहना भाउजूहरु खुशी हुनु स्वाभाबिक थियो।

केहि दिनमै साथीहरु बिचमा कुराहरु बढदै गयो र “समे:बजि” खाना नेवार समुदायको भएकोले “समे:बजी” खान चाहने तथा बनाएर खुवाउन चाहने पनि सबै नेवारहरु नै अघिसरे।

सोहि अनुरुप रबिना भाउजू, रिद्दी, दीपा भाउजूहरु मिलेर कस्लाई कुन खाना बनाउने जिम्मा दिने कुरा आपसमा मिलायो। सबैजनाको उत्साहको सिमानै रहेन। २००५ ईद्रजात्राको दिनमा ब्रामटनमा भएका समे:बजि खान र बनाउन मनपराउने नेवा:हरु जम्मा हुन ठाँउकोलागि शरण श्रेष्ठज्यू ले आफ्नो अपार्टर्मेन्ट दिनु भयो।

१८ सेप्टेम्बर २००५ ईद्रजात्राको दिनमा नेवारी “समे:बजी” खाई रमाइलो गरिरहेको समयमा धेरै को मनमा उकुस मुकुस भैरहेको सबैले चाहेको तर ब्यक्त गर्न नसकेको कुरा प्रदिप लाल श्रेष्ठज्यूले एउटा गुठी खोल्न प्रस्ताबको रुपमा ल्याउनु भयो। धेरैले सो प्रस्ताब मनपराय, कसै कसैले अरुले के भन्ला भन्ने कुरा पनि उठाए। कसैले हामीलाई संक्रिर्ण भन्ला बनेर डराय। किनहो थाहा छैन तर मलाई एउटा गुठी खोल्ने प्रस्ताब धेरै मनपर्यो। एउटा गुठी खोलि “म्हपुजा” गर्न सहयोगी बन्न मन लाग्यो। पक्षमा तर्क गर्न इछ्या जाग्यो। छलफल गरियो, तर्क बितर्क गरियो। गुठी खोल्न पर्छ भन्नेमा मेरो ब्यक्तिगत धारणाको मुख्य आधारहरु।

(क) बिदेशमा आफ्नो समाजका कसैलाइ मर्दा पर्दा नेपालमा जस्तै क्यानाडामा पनि गुठीले सहयोग गर्नुका साथै आफ्नो संकृती अनुसार जिबन निर्बाह गर्न सहयोग र जिबन पर्यन्त संकार गर्न।

(ख) नेपालको अति स्वादिष्ठ, स्वस्थ तथा बैज्ञानिक नेवारी खाध्य परिकारहरु देश बाहिर पनि हाम्रा संततीहरु सम्म पनि जिबन्त रहिहरन सहयोग गर्न तथा आफ्नो देशको खाना संसार भर प्रचार गर्न।

(ग) नेपालमै जन्मेको, नेपालीलेनै जन्माएको, नेपालको आफ्नै मौलिकता बोकेको, नेपालको आफ्नै संबत नेपाल संबत लोप हुन नदिइ कमसेकम बर्षमा एक पल्ट नयाँ बर्षको रुपमा मनाउन।

(ग) अति ब्यस्त संसारमा कमसेकम बर्षमा एकदिन आफुलाई आदर गरौ, आफैमा अन्तरनिहित, आफैमा समाहित ईश्वरलाई सम्मान गरौं, अर्चना गरौं भन्ने संसारमै एक नुतन शैलि,परम्परा तथा संकार “म्हपुजा” (Self Respect) आफु पनि गर्नपाउन र नेपाल राष्ट्रले नै गर्भ गर्ने यो मौलिक संकृतीको प्रचार र प्रसार गर्न।

छलफल पछि निस्कर्षमा पुगियो अनि यस गुठीको एक कार्यबाहक कार्य समिति बनाइ सो कार्य समिति को अध्यक्ष पदमा हामी मध्य पाको, अनुभबी तथा सम्मानित श्री डाक्टर दिकपाल बैध्य लाई सर्बसम्मति बाट चुनेर एउटा गुठी खोलेको निर्णय गरियो।दिकपाल चाहिँ नेपालका अन्य समुदायका संध, संथा तथा संगठन हरुले हामीलाई संक्रिर्ण भन्ला भनेर डराइरहेको थियो। मैले आफ्नो तिरबाट भौतिक तथा मनोबैज्ञानिक सहयोग र प्रोत्साहन दिन कोसिस गरे। मैले “मलाई वहाँहरु संग भेटाइदेऊन, म वहाँलाई नेवा:गुठी खोल्नु संक्रिर्णता होइन भन्ने कुरा बुझाऊने कोसिस गर्छु” भने। दुई चार ठाँऊमा वहाँहरु संग भेट पनि भयो। मैले सकेजति वहाँहरु संग दुई चार पल्ट सास्त्रार्थ गरेँ। आखिरमा दिकपाल बैध्य पनि कार्यबाहक अध्यक्ष हुन सहमत भयो। मलाई किन हो कुन्नि नेपालको आफनो संकृती, संकार, खाना परिकार र समाजका मुल्य र मान्यताहरु अपनाउन सघाउने गुठी श्रृजना भएकोमा र नेपाली संकृती प्रचार प्रसार गर्ने अबसर पाएकोमा भित्र भित्रै आफैमा मेरो मन मुस्कुराइरहेको अनुभब गरें।

नेपालमा नेवा: समुदायमा जस्तै गुठीमा एक परिबारको प्रतिनिधि एक ब्यक्तिले गर्ने कुरामा सहमति भयो। जसअनुसार मलाई संझना भए सम्म गुठी खोल्ने निर्णयमा गुठी स्थापना गर्न  अन्य सहयोग र कार्यक्रम प्रबर्धन गर्ने निम्न ब्यक्ति हरु हुनुहुन्थ्यो। (१) डा. दिकपाल बैद्य (रबिना) (२) प्रकाश लाल प्रधान (डा. रिद्दी) (३) ई. प्रदीपलाल श्रेष्ठ (मेरु) (४) ई. रोशन कर्माचार्य (दीपा) (५) बिमल मान श्रेष्ठ (डा. सबिना) (६) संजिब श्रेष्ठ (हेमा) (७) शरण श्रेष्ठ (सहना) (८) साबित्री बज्राचार्य ( अनिल) (९) सुजन श्रेष्ठ (इन्दिरा) (१०) ऊत्तम श्रेष्ठ ( मिना) (११) बिमल श्रेष्ठ ( डा. सजुमा) (१२)महेश प्रसाद प्रधान ( ई.कस्तुरी)।

२३ अक्टोबर २००५ का दिन दिकपाल बैध्यको घरमा तथाकथित गुठीयार साथीहरु गुठीको नाम छान्न जम्मा भएका थियौं। साथीहरुले धेरै नामहरु ल्याउनु भएको थियो ति धेरै नामहरु मध्य “क्यानाडियन नेवा: गुठी” नाम सर्ब-संमत ले नामाकरण गरियो।

धेरै समय देखि नेपाल जान नपाएकाहरु, म्हपुजा गर्न नपाएकाहरुका लागि त पक्कै पनि नजिक आइरहेको म्हपुजा अत्यन्तै रोमान्चकारी पर्खाइनै थियो। हुनपनि किन नहोस नेपालीहरुको एक मौलिक चाड। तर गुठी का साथीहरुलाइ भने म्हपुजा गर्ने ठाँउ मिलाउनु एउटा समस्या नै थियो। त्यतिकैमा शरण श्रेष्ठले क्यानाडियन नेवा: गुठी को प्रथम म्हपुजा वहाँको घरमा मनाउन निम्तो दियर सबैको समस्या समाधान गरि गुठी लाइ ठुलो गुन लगाउनुभयो।

हुनत ब्रामटनमा नै भएका धेरै साथीहरु लाई नै खबर गर्न सकिएन। दिकपालको एकजना ६० बर्ष नाघिसकेको साथी अर्कै नजिकैको शहर मा बस्नेले “म्हपुजा नगरेको धेरै बर्ष भयो, खै कति बर्ष बाँचिने हो, मर्न अगाडी एकपल्ट म्हपुजा गर्न मनलागेको छ” भनेर भन्थ्यो रे भनेर कुरा सुनाउँदा मेरो मनमा वहाँलाई बोलाउनै पर्छ भन्ने लागेको थियो। स्थान अभाब, जोरजाम र तयार गर्न नसकिने भएकोले वहाँलाई बोलाएर म्हपुजा गराउन सकिएन। मेरो मित्र दिकपालले धेरै कोसिस गरेर पनि सफल हुन सकेन, मलाई थाहा छ दिकपाललाई दु:ख लाग्यो तर दिक्पाल बुझ्ने मान्छे भएकोले आफ्नो दु:ख प्रकट हुन दिएन। ईमानदारी साथ भन्नेहो भने म अति नै मर्माहत भएँ। त्यस समयमा त प्रकट गर्न सकिन तर अबेला भएतापनि त्यसबेला मेरो मन एकातिर खुसी थियो भने अर्कोतिर दु:खी पनि भैरहेको थियो भनेर स्विकार्नै पर्छ। यि सबै रमाइलो अनि सफल घटनाहरुमा दिकपालको बृध्द साथी लाई बोलाएर “क्यानाडियन नेवा: गुठी” को पहिलो म्हपुजामा समाबेश गराउन नसक्नु मेरो सबै भन्दा ठुलो असफलता थियो, म स्विकार गर्छु।

अब रह्यो समस्या त्यति धेरै मानिसहरुलाई बिधिबत मंडप बनाइ धुप, मंडप बत्ती सहित नेवारी पुजा सामाग्रि अनुसार म्हपुजा गराउनु र सबैलाइ “नेवा: भ्वय्” (भोज) तयार गर्नु। मलाई “म्हपुजा” भोज र जोरजाम राम्रो हुन्छ कि हुन्दैन भन्ने डर अनि ठुलो चिन्ता लागिरहेको थियो। त्यति धेरैलाई लाइन राखेर (झो: भ्वय), हरेक लाई मंडप बनाएर, पुजा सामाग्री तथा “सग: ज्वलँ” सहित भोज कसरि तयार गर्न सकिने होला?, कति दु:ख हुन्छ होला?, सबै जना यो देशमा नयाँ छन ठुलो पकाउने भाँडो काहाँबाट ल्याउनेहोला? आदि ईत्यादि।

तर “क्यानाडियन नेवा: गुठी”का महिलाहरु पुरुषहरु भन्दा पनि रचनात्मक ब्यबस्थापन (Creative Management) गर्नमा मैले सक्षम पाएँ। वहाँहरुले भोजको लागि बनाउनुपर्ने खानाहरुलाई आपसमा मिलाएर बाँड फाँड गरि लिनुभएकोले कसैलाइ पनि धरै दु:ख नपारि साधारण जस्तो गरि सबैलाई तृप्त बनाइ त्यत्रो ठुलो कार्यक्रम अनि भोज सफल बनाउनु भयो। मेरो भित्र हृदय देखि क्यानाडियन नेवा: गुठीका ति कर्मठ अनि दक्ष महिलाहरु रबिना बैध्य, रिद्दी प्रधान, दीपा कर्माचार्य, मेरु श्रेष्ठ, सहना श्रेष्ठ, सबिना श्रेष्ठ, हेमा श्रेष्ठ, साबित्री बज्राचार्य, कस्तुरी प्रधान लगायत अन्य दृष्य तथा अदृष्य सहयोग गर्नुहुने सबैलाइ धन्यबाद। रबिना भाउजू र रिद्दीलाई मेरो बिषेश धन्यबाद का साथै मेरो श्रीमती, कस्तुरी लाई यस गुठी को स्थापना को लागि मलाई जहिलेपनि घचघच्याई रहेको र प्रोत्साहान दिएकोमा बिषेश धन्यबाद नदिए सायद न्याय नहोला। यस पुनित अबसरमा “न्यु योर्क” बाट दिकपालको सात आठ जना साथी र परिबारहरु आइपुग्नु भएर वहाँहरुलाई अतिथी को रुपमा बोलाउन पाउँदा भने सबैले अतिखुशि माने। यसरि ५ नोबेम्बर २००५ का दिन क्यानेडियन नेवा: गुठी को पहिलो “म्हपुजा” (Self Respect) ” नेपाल संबत न्हुदँ” (New Year) शरण श्रेष्ठ ज्युको अपार्टर्मेन्टमा हर्ष, उल्लास का साथै “न्हुदँया भिन्तुना” ( नयाँ बर्ष को शुभ-कामना) साटफेर गर्दै संपन्न भयो। मन प्वाख झै हलुका भयो, फुररररर ऊड्यो, कबिता बन्यो।

“सबैको प्रगती र उन्नती सुन्नपाउँ

सबैको अनुहारमा कान्ती र मनमा शान्ती देख्न पाउँ

सबैसंग सत्य, नम्र अनि मंगल बोल्नपाउँ

अरु को होलान अरु अरु नै कामना

सकल मानबमा मेरो त यहि

शुभ-कामना

अनि

शुभ-कामनै शुभ-कामना”

महेश प्रसाद प्रधान

टोरोन्टो, क्यानाडा

maheshpradhan@gmail.com

maheshpradhan2000@hotmail.com

2012 Toronto

(मेरो डायरी मा आधारित)