10th AGM

क्यानेडियन नेवा गुठीको १० औं साधारण सभा सम्पन्न

 

 

ब्रामप्तन – क्यानेडियन नेवा गुठीको १० औं साधारण सभा गत जुन १८ का दिन ब्रामप्तनमा सम्पन्न भएको छ । कार्यक्रमको शुरुवात नेवारी बाजा धिमे तथा भुस्या बजाएर इश्वर प्रणाम गरिएको थियो भने तत्पश्चात  गुठिका युवा सदश्यहरुले नेपाल तथा क्यानडाको राष्ट्रिय गान धिमे,  मादल तथा भुस्याको तालमा प्रस्तुत गरेका थिए । धिमे  तथा मादलको संयोजन नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जनले गर्नु भएको थियो ।

 

कार्यक्रमको शुरुमा गुठीका अध्यक्ष प्रकाश लाल प्रधानले आमन्त्रित सम्पूर्ण महानुभाबहरुलाइ स्वागत गर्नु भयो भने गुठीका जेष्ठ महिला सदश्यहरु अस्त कुमारी ताम्राकार र बागेश्वरी श्रेष्ठले  संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरि सो साधारण सभाको उदघाटन गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै क्यानेडियन नेवा गुठिको अध्ययनको प्रतिबेदन तयार गर्नु हुने रायेर्सन बिस्व विद्यालयका विद्यार्थी प्रकिषा प्रधानले अध्ययन प्रक्रिया र त्यसको निस्कर्ष बारे प्रकाश पार्नु  भयो  ।एन आर एन क्यानडाका अध्यक्ष तुलसी सापकोटाले गुठिद्वारा गरिएका विभिन्न समुदाय मुखी कार्यक्रमको प्रशंसा  गर्नु को साथै गुठि को अझ बढी सहभागिताको अपेक्षा गर्नु भयो ।

 

नेपाल पर्यटन बोर्डका क्यानडा प्रतिनिधि नर बहादुर टन्डनले सबैको संयुक्त प्रयासले क्यानडामा नेपालको अझ बढी प्रबर्द्दन र प्रचार हुने विश्वास व्यक्त गर्नु भयो ।

 

अर्का बक्ता क्यानेडियन डायबिटिज एसोसिएसनका बोर्ड डिरेक्टर डायना प्रोभिन्जानोले गुठीको मधुमेह  लगायत स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमको सराहना गर्नुको साथै मधुमेह सम्बन्धि आबश्यक सूचना अंग्रेजीबाट नेपालीमा अनुबाद प्रक्रियामा गुठि प्रति आभार व्यक्त गर्नु भयो । उहाँले एसोसिएसनको नेपाली च्याप्टर खोल्न पनि सुझाब दिनु भयो ।

 

त्यसपछि ब्रोक  बिस्व विद्यालयका प्रा. डा. टम निलले गुठि र बिस्व विद्यालयको संयुक्त आयोजनामा गरिएको नेपालीहरुको आर्थिक सामाजिक तथा स्वास्थ्य अबस्था सम्बन्धि अध्ययन बारे प्रकास पार्नुभयो । उहाले सो अध्ययनको बिस्तृत प्रतिबेदन निकट भविष्यमा सार्बजनिक गर्ने जानकारी दिनु भयो ।

 

कार्यक्रममा गुठीका महासचिब बिमल मान श्रेष्ठ गुठीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयो जसमा आगामी कार्यक्रममा गुठिलाइ च्यारिटीमा लाने, “नेवा फूड फेस्टिवल” आयोजना गर्ने, युथ कमिटि गठन गर्ने, नब आगन्तुकहरुलाई एक बर्ष भित्रमा सदश्य बने निशुल्क गराउने लगायतका कार्यक्रमहरु छन् ।  गुठीका जन सम्पर्क प्रमुख नरेश ताम्राकारले उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । साथै क्यानडाको “फादर्स डे”को उपलक्षमा संयुक्त रुपमा केक काटी वितरण गरिएको थियो ।

 

कार्यक्रममा गुठीका अध्यक्ष प्रकाश लाल प्रधानले केदार तथा नूर श्रेष्ठलाई आजिबन सदश्यता प्रमाणपत्र प्रदान गर्नु भयोभने रायेर्सन बिस्व विद्यालयका विद्यार्थीहरुलाइ उपहार र निशुल्क कर आबेदन सेवामा सहयोग गर्नु भएका स्वयम्सेबकहरुलाई प्रमाण पत्र पनि प्रदान गर्नु भएको थियो ।

 

साथै गुठीका महासचिब बिमल मान श्रेष्ठलाइ वोंतारियो प्रान्तको आप्रबास तथा नागरिकता मन्त्रालय बाट प्राप्त स्वयम् सेवा पदक तथा प्रमाण पत्र अध्यक्ष प्रधान र क्यानेडियन डायबिटिज एसोसिएसनका बोर्ड डिरेक्टर डायना प्रोभिन्जानोले गुठीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।

 

उदघाटन कार्यक्रम पश्चात संचालन गरिएको साधारण सभाको बन्द सत्रले कोषध्यक्ष राजेन्द्र श्रेष्ठको आर्थिक प्रतिबेदन पारित गरिएको थियो भने प्रकाश लाल प्रधानको अध्यक्षतामा १७ सदश्यीय नया कार्य समितिलाइ पनि चयन गरिएको छ ।

 

कार्यक्रममा एभरेस्ट शितेरियो कराते डोका प्रशिक्षार्थीहरुले कराते खेल प्रदर्शन गरेका थिए भने प्रशिद्द मादल बादक सानु राजा महर्जन द्वारा कोरियामा  गरिएको मादल, धिमे, पक्षिमा, खिं, ढोलक लगायत गरि ३३ वटा बाद्यबादनहरु एकै पटक बजाएको वृतचित्र पनि प्रदर्शन गरिएको थियो ।