CNG Presentation at Ryerson University

रायर्सन विश्व बिध्यालयका बिध्यार्थीहरु द्वारा 

क्यानेडियन नेवा गुठि सम्बन्धि

समुहगत अध्ययन प्रतिबेदन प्रस्तुत

टोरोन्टो,  गैर्ह नाफामुखी संस्थाको आर्थिक तथा संगठनिक सुदृदिकरण बिषयमा अध्ययनरत रायर्सन विश्व बिद्यालय टोरोन्टोका बिद्यार्थीहरुको एक समूहले क्यानेडियन नेवा गुठि सम्बन्धि आफ्नो समूहगत अध्ययन  प्रतिबेदन हालै गुठीका पदाधिकारीहरु समक्ष प्रस्तुत गरेका छन् । रायर्सन विश्व बिद्यालयको स्टुडेन्ट लर्निङ्ग सेन्टरको अध्ययन कक्षमा  आयोजित उक्त कार्यक्रममा समूहका सदश्यहरुले बिषयगत प्रतिबेदन  पावर पोइन्ट बिधिबाट प्रस्तुत गरेका थिए ।

प्रतिबेदन  प्रतिलिपि बुझ्नुहुँदै गुठीका उपाध्यक्ष उत्तम माकजूले समुहगत अध्ययनको लागि क्यानेडियन नेवा गुठिलाइ छनौटगरि गुठीको  संस्थागत बिकासका बुदा तथा सुझाबका लागि हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो । गुठीका महासचिब बिमलमान श्रेष्ठले समुहद्वारा बिश्लेष्नात्मक अध्ययनगरि तयार गरिएका विभिन्न सुझाबहरु संस्थागत बिकासकालागि मनन योग्य भएको र कार्यन्वयनका लागि गुठीको बैठकमा प्रस्तुत गरिने आस्वासन दिनु भयो । अध्ययन समुहका अलान दोम्बले गुठीका धेरै कार्यक्रमहरु सराहनीय र मौलिक रहेको भन्नुहुँदै सो कार्यक्रमहरुलाई  बजारीकरणगरि  गुठिको अझ बढी संस्थागत विकास गर्न सकिने बिचार ब्यक्त गर्नु भयो ।

बिद्यार्थीहरु अलान दोम्ब, रोजमेरी फीने, ईमान्युअल लोपेज-बस्तोस, प्रकिषा प्रधान सम्मिलत उक्त अध्यन समुहले आफ्नो समुहगत अध्ययन परियोजना अन्तर्गत  क्यानेडियन नेवा गुठिलाइ छनौट गरेका थिए भने अध्ययनको क्रममा समुहले गुठीको बिस्तृत अध्ययन,बृहत्तर टोरोन्टो क्षत्रमा रहेका नेपाली संस्थाहरु संग तुलनात्मक अध्ययन, नेपाली राजदूताबासका कर्मचारी  तथा अन्य श्रोत ब्यक्ति संग सम्पर्क गरि प्रतिबेदन तयार  पारेका  थिए । प्रतिबेदनमा गुठीको  थप संस्थागत बिकासका लागि चुनौती, अवसर, सदश्यता बृद्दि, युबा  सलग्नता, अरु संस्थाहरु संग सहकार्य,  संचार मैत्री वेब साइत तथा सामाजिक संजाल, प्रचार सामग्री, लगायतका बिषयमा सुक्ष्म विश्लेषण गरि बुदाहरु तयार पारिएका थिए ।

     

सो कार्यक्रममा गुठीका उपाध्यक्ष, महासचिब लगायत नरेश ताम्राकार, सुमन राजबंशी, बिरेन्द्र स्थापित तथा गुठीका सक्रिय स्वयम्  सेबक नबिन महर्जनको उपस्थिति थियो ।