क्यानाडियन नेवा गुठि-टोरोन्टो च्याप्टरको आयोजनामा एक दिवसीय

” प्रभाबकारी सार्बजनिक अभिव्यक्ति ” तालिम

 

टोरोन्टो – क्यानाडियन नेवा गुठि-टोरोन्टो च्याप्टरको आयोजनामा युवा बर्गलाई लक्षित गरि  टोरोन्टो मा हालै  एक दिवसीय  “प्रभाबकारी सार्बजनिक अभिव्यक्ति”  सम्बन्धि तालिम सम्पन्न भयो।

दुइ चरणमा विभाजित सो तालिम मा पहिलो चरणमा प्रशिक्षक द्वारा “प्रभाबकारी सार्बजनिक अभिव्यक्ति ” सम्बन्धि सैदान्तिक पक्ष, यसका आधारभूत तत्वहरु बिषयमा प्रशिक्षण दिईएको थियो भने दोश्रो चरणमा प्रशिक्षार्थीहरुले पहिलो चरणमा सिकेका ज्ञान उपयोग गरि  निर्धारित बिषयमा आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका थिए।

निर्धारित बिषय ” आफ्नो बिद्यालय बारे आफ्नो धारणा र सुधारका उपाय” बारेमा अभिव्यक्ति प्रस्तुत गर्ने क्रममा बहुसंख्यक सहभागीहरुले बिद्यालय को बाताबरण  र येस्को सुधार बारे चासो व्यक्त गरेका थिए  भने केहि सहभागीहरुले बिद्यालयमा आफ्नै साथीहरु द्वारा गरिने प्रताडना (Bullying) लाई बिषय बस्तु बनाएका थिए।
     

अरु प्रशिक्षार्थीहरुले अनिबार्य शारीरिक क्रियाकलाप एबम  बिद्यालयमा सैक्षिक सामग्रीको अभावको बिषयमा प्रस्तुति गरेका  थिए । सहभागीहरुले ब्यक्त गरेका बिषयबस्तुलाई बिस्लेशन गर्ने हो भने युवा हरुलाई बोल्ने स्वतन्त्रता दिईएको खण्डमा शिक्षक तथा अबिभाबक को सोच भन्दा बाहिरको  मौलिक तथा सिर्जनात्मक  विचार आउने परिपाटी देखिएको थियो।

तालिमको  शुरु मा  गुठीका जन सम्पर्क प्रमुख तथा श्रोत व्यक्ति नरेश ताम्राकारले तालिमको उद्य्श्य र उपादेयता बारे प्रकाश पार्नु हुँदै यस्तो  कार्यक्रम बाट व्यक्तित्व बिकासमा सहयोग हुने छ भन्नु भयो भने गुठीका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुको प्रस्तुति बारे टिप्पणी गर्नु भएको थियो।
कार्यक्रमको अन्तमा बोल्नु हुँदै गुठीका उपाध्यक्ष उत्तम माकजुले गुठीले संस्कृति सम्बर्धन, सामुदायिक सेवा  को साथै  युवा वर्गको व्यक्तित्व विकास को लागि यो कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो। साथै उहाले प्रशिक्षार्थिहरुलाई तालिमको शिप ब्यबहारमा प्रयोग गरि समुदाय को बिकासमा योगदान गर्न पनि अनुरोध गर्नु भयो।
तालिममा  आदित्य मण्डल, डेनिस वाग्ले, सम्झना मण्डल, लिट्टी गुरुङ, शास्वत ढुंगाना, आफ़्सा श्रेष्ठ,  सुभेच्क्षा स्थापित, मनसुन ताम्राकार, अनिस श्रेष्ठ, अस्मिन श्रेष्ठ, रोदेशा शाक्य, सर्बग्य श्रेष्ठ, रायना श्रेष्ठ, अविस श्रेष्ठ, सिरिन श्रेष्ठ, करिना श्रेष्ठ, आयुस्ना  श्रेष्ठ, एना श्रेष्ठ लगायतका विभिन्न उमेर तथा समुदायका प्रशिक्षार्थीहरुको सहभागिता थियो।