क्यानाडियन नेवा: गुठिको आयोजनामा भुटानी समुदायको लागि

एक दिने “निशुल्क कर आबेदन शिबिर”

 

टोरोन्टो – क्यानाडियन नेवा: गुठिको आयोजनामा  भुटानी समुदायको लागि एक दिने “निशुल्क कर आबेदन शिबिर”  हालै संचालन गरियो। बिगत  बर्ष हरुमा झैँ यस बर्ष पनि शिबिर मा सेवाग्राहीहरुको बाक्लो उपस्थिति थियो । आफ्नै मात्री भाषामा सेवा प्राप्त गर्ने मौका पाएकोमा सेवाग्राहीहरुले गुठि प्रति आभार ब्यक्त गरेका  थिए।

भुटानी समुदायका सक्रिय व्यक्ति रोशन गिरीका अनुसार क्यानाडियन नेवा गुठिले बिगत ५ बर्ष देखि यो सेवा आफ्नै छिमेकमा  प्रदान गर्दै  आएको जानकारी दिनु भयो । साथै गुठीले भुटानी समुदायको लागि स्वास्थ्य सम्बन्धि जना चेतनामुलक कार्यक्रम संचालनमा पनि सहयोग  गर्दै आएको छ भन्नु भयो । “एउटा समुदायले अर्को समुदायलाई सहयोग गर्दा आपसी सद्भावना बढने हुनाले अरु संस्थाहरुको लागि पनि  यो एउटा राम्रो उदाहरण हुने छ” उहाले थप्नु भयो।

सन् २००५ मा  स्थापना भएको क्यानाडियन नेवा: गुठिले नेवा: संस्कृतिको सम्बर्धन बाहेक नेपाली तथा अरु  समुदायको  लागि पनि सक्दो   सहयोग गर्ने मान्यता अनुसार भुटानी समुदायको लागि गत ५ बर्ष देखि यस्तो किसिमको शिबिर संचालन गर्दै आएको छ भने नेपाली समुदायको लागि ब्रम्प्तन मा स्थानीय संस्था एन सी एन सी संग मिलेर गत हप्ता शिबिर संचालन गरि सकेको छ । आगामी मार्च २९ तारिख, आइतबार  डाउन टाउनको  कम्युनिटी मार्स को सभा कक्षमा एन सी सी एस को सहयोगमा स्तै निशुल्क कर  आबेदन शिबिर  संचालन गरिंदै छ।

क्यानाडाको कानुन अनुसार प्रत्यक नागरिक, स्थायी  बासिन्दा एम अरु उल्लेखित व्यक्तिहरुले आफ्नो आय व्ययको विवरण  अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा सरकार समक्ष पेश गर्नुपर्छ।

कर आबेदन शिबिर मा गुठिका सचिब रबिन प्रधान  (सी.पी.ए.सी.जी.ए.), कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ (सी.पी.ए., सी.जी.ए.), जन सम्पर्क प्रमुख नरेश ताम्राकार, टोरन्टो च्याप्टर सदश्यहरु  रोदेश शाक्य (सी.पी.ए., सी.एम. ए.)र नबिन  श्रेष्ठ  म गुठीका आजिन सदश्य   सुमन राजकर्णिकार (सी.पी.ए.सी.जी.ए.) ले सेवा प्रदान गर्दै आउनु भएको छ।